काठमाडौं । काठमाडौं सिभिल बैंकले वरिष्ठ वचत खाता योजना ल्याएको छ । समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सर्वाधिक ब्याजदरमा सो वचत खाता ल्याएको जनाएको छ ।

५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात १० हजार राखी खोल्न सकिने यस वचत खातामा वार्षिक ६।०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने बैंकले जनाएको छ ।

Nepal Telecome

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै वरिष्ठ व्यक्तित्वहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराएको बताए ।