नयाँ ‘मिस्टर नेपाल’का लागि खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले विज्ञप्ति जारी गर्दै मिस्टर नेपालको नयाँ संस्करण अर्थात् ‘मिस्टर नेपाल-२०२३’ को आवेदन खुला भएको जनाएको छ ।

प्रतियोगितामा १६ वर्षदेखि ३२ वर्षसम्मका ५ फिट ८ इन्चभन्दा माथि उचाइ भएका युवकले भाग लिनसक्ने जनाइएको छ ।

मिस्टर नेपालको अडिसन वैशाख २९ गतेदेखि दमकबाट सुरु हुँदैछ । वैशाख ३० गते विराटनगर, ३१ गते जनकपुर, जेठ २ गते चितवन, ३ गते बुटवल, ६ गते पोखरा र १३ गते काठमाडौंमा अडिसन हुनेछ । आयोजक नेक्स्ट मोडल्सले यो पटक कोशी प्रदेशमा रोनक अग्रवाल, मधेश प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेशमा प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरीलाई प्रदेश निर्देशक समेत नियुक्त गरेको छ ।

Nepal Telecome

विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्वसहित पाँच लाख रुपैयाँ बराबरको पुरस्कार हात पार्नेछन् । देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वीमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायत दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने भएको छ ।