काठमाडौँ । संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द ‘कोभिड–१९ हिरो अवार्ड’बाट समानित भएका छन् । लामो समयदेखि पत्रकारिता, कलाकारिता, म्युजिक भिडियो निर्देशन तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका संचारकर्मी सूर्य चन्द विभिन्न सामाजिक संघ संस्थामा समेत सल्लाहाकारको रुपमा रहदैं आएका छन् । अहिले संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को विषम परिस्थितिमा लकडाउनको समस्याले गर्दा बिसेष गरि काठमाडौँ भित्रका दैनिक ज्याला मजदुरी गर्ने, अलपत्र परेका निम्नबर्गका जनता, राहतबिहिन पीडित कलाकार तथा भोका नागरिकहरुको लागि राहत वितरणको साथमा दैनिक खाना खुवाउँने कार्यमा सक्रिय भूमिका निर्बाहा गर्दै अहोरात्र खटिरहेका संचारकर्मी तथा समाजसेवी सुर्य चन्द ‘कोभिड–१९ हिरो अवार्ड’ बाट सम्मानित भएका छन् । अमेरिकामा रहेको ुहामि नेपाली( ग्लोबलु नामक संस्थाले कोभिड–१९ बिरुद्द निरन्तर मानब र मानबियता हितको लागि पुर्याएको सेवाको उच्च मुल्यांकन गर्दै उनलाई ‘कोभिड–१९ हिरो अवार्ड’ प्रदान गरेको हो।

Nepal Telecome

आफ्नो स्वास्थ्यलाइ समेत जोखिममा राख्दै निरन्तर लकडाउनमा परेर हातमुख जोड्न कठिन भएका नेपाली जनताहरुको उद्दारमा अहोरात्र खटिरहेका संचारकर्मी तथा समाजसेवी सुर्य चन्द बिगत लामो समय देखि सामाजिक कार्य तथा नेपाली रंग पत्रकारितामा सक्रिय छन् । एक सचेत नागरिकको हैसियतले मुलुकमा आईपरेको संकटको घडिमा हातेमालो गर्दै नेपाली जनताको सेवामा समर्पित सुर्य चन्द कोरोना भाइरस विरुद्ध जनचेतना समेत फैलाउदै विभिन्न संचार माध्यम मार्फत यस महामारीको बिरुद्दमा जनतालाई सूचना सम्प्रेषण समेत गर्दै आएका छन् ।