" /> राष्ट्र बैंकको निर्णयप्रति लघुवित्तको असन्तुष्टि – News of Global

News of Global सोमबार, साउन ०५, २०७७

काठमाडौं । राष्ट्र बैंकले लघुवित्तको व्याजदरमा १५ प्रतिशतको क्याप तोकेपछि लघुवित्त क्षेत्रले असन्तुष्टि जनाएका छन् । लघुवित्तमा खर्च धेरै हुने र राज्यले सुविधा नदिएकाले उक्त क्याप सम्भव नहुने लघुवित्त क्षेत्रको प्रतिक्रिया आएको छ । हाल लघुवित्तकर्मीहरु यस बारेमा छलफलमा छन् । राष्ट्र बैंकले लघुवित्तलाई मौद्रिक नीतिमा अधिकतम व्याजदर १५ प्रतिशत तोकिएको छ । जसअनुसार अब लघुवित्तबाट १५ प्रतिशतमै कर्जा पाउन सकिने छ ।

यसअघि लघुवित्तहरुको १७ प्रतिशत व्याज तोकिएको थियो । लघुवित्तको नयाँ लाइसेन्स पनि रोक्ने निर्णय भएको छ । यस मौद्रिक नीतिले ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ । हाल कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, बैंकिङ क्षेत्र सबै प्रभावित भएकाले यसैलाई केन्द्रिीत गरी मौद्रिक निति ल्याइएको छ । यस मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहित गर्ने जनाएको छ यस्तै कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]