काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्राडा मनोहर प्रधान नियुक्त हुने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उक्त जिम्मेवारी दिने तयारी गरेको हो ।
चिकित्सा तथा प्राध्यापन क्षेत्रमा लामो अनुभव हासिल गरेका डा.प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्तिपत्र प्रदान गरिनेछ ।
चितवनलाई कार्यथलो बनाउँदै आएका उनी विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुरमा प्राध्यापनरत छन् ।
पेशागत दक्षता र मर्यादाका कारण डा. प्रधान दुई पटक नेपाल मेडिकल काउन्सिल का निर्वाचित सदस्यसमेत भइसकेका छन् ।

