काठमाडौं । दक्षिण चीनको बेइसे सहरमा आँपको कटानी मौसम सुरु भएको छ । यस वर्ष किसानहरूले परम्परागत तरिकाको सट्टा आधुनिक प्रविधिको सहयोगमा उत्पादन संकलन गरिरहेका छन् ।

Nepal Telecome

स्थानीय किसानहरूले आँफ टिप्न ड्रोनको प्रयोग गर्न थालेका छन, जसले श्रम र समय दुवै बचत गरेको छ । एक ड्रोन अपरेटर याङ जियाङका अनुसार, ‘पहिले १० हजार किलोग्राम आँप टिप्न करिब १० घण्टा लाग्थ्यो, तर ड्रोनको प्रयोगले अहिले ५–६ घण्टामै काम सकिन्छ ।’

कृषि क्षेत्रमा अब स्मार्ट उपकरणहरूको प्रयोग पनि बढेको छ । मौसम, माटोको आद्र्रता, कीरा–रोगको पहिचान तथा पूर्वसूचना प्रणाली जस्ता प्रविधिहरू चीनका बगैंचामा व्यापक रूपमा प्रयोग भइरहेका छन् ।

त्यस्तै, आँपको वृद्धि अवस्थाको निगरानीका लागि ‘फल व्यास मापन प्रणाली’ प्रयोगमा ल्याइएको छ, जसले उत्पादन व्यवस्थापनलाई थप वैज्ञानिक बनाएको छ । कृषि तथा ग्रामीण मामिला ब्युरोका प्रमुख कृषि विज्ञ लिउ देहुआनका अनुसार, ‘यी आँपहरू करिब १०० दिनदेखि बढिरहेका छन्, तर अझै साना छन् । हामी सिँचाइ बढाउँछौं, जसले उत्पादन करिब १० प्रतिशतसम्म बढ्न सक्छ ।’

बेइसे चीनको सबैभन्दा ठूलो आँप उत्पादन क्षेत्र हो, जहाँ करिब ८८ हजार हेक्टर क्षेत्रफलमा आँप खेती गरिन्छ र अहिले उत्पादनको मुख्य सिजन चलिरहेको छ । सीसीटीभी