" /> राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्प र बाइडनले गरे छुट्टाछुट्टै सम्बोधन, दुवैले जित्ने दाबी – News of Global

News of Global शुक्रबार, कार्तिक २१, २०७७

एजेन्सी । अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन्।

ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ुसंयमितु हुन आह्वान गरे।

ूलोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छू, उनले भने, तर ूप्रक्रियाले काम गरिरहेको छ।ू

प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, ूअमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन्।ू

ुहस्तक्षेप
मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई ूकुनै शङ्का नरहेकोू पनि बाइडनले बताए।

त्यसपछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा ुधाँधलीु गरिएको आरोप फेरि लगाए।

बाइडनले भने, ‘जित हुने स्पष्ट भयोु, ट्रम्पले भने,’ अदालत जान्छौँ’
अमेरिकी निर्वाचनको फैसला के अदालतबाट होला त ?
मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत्‌ पहिलो पटक उनले धारणा सार्वजनिक गरेका हुन्।

ट्रम्पले भने, ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु।’ हुलाकमार्फत्‌ गरिएको मतदान ुएकतर्फीु भएको दाबी पनि उनले गरेका छन्।

अमेरिका
मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले ‘चुनावी हस्तक्षेपूको सङ्ज्ञा दिए।’

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै बाइडनले विजयी भएको घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए।

राष्ट्रपति ट्रम्पका छोराले एउटा ट्वीट गर्दै चुनावलाई लिएर ूपूर्ण युद्धमा जानू आफ्ना बुवालाई आग्रह गरेका छन्।

उनको त्यो ट्वीटलाई सामाजिक सञ्जाल ट्विटरले दिग्भ्रमित बनाउने खालको कुरा भनेको छ।

जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लगेका छन्।

निकै महत्त्वपूर्ण रहेको पेन्सल्भेनियामा ट्रम्पको अग्रता साँघुरिँदै गएको छ।

पचास मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]