काठमाडौं । निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर र दीपिका फिचर्ड छन्।

Nepal Telecome

गीतमा एसडी योगी र अन्जु पन्तको स्वर रहेको छ। सुरेन्द्र रानाको शब्द रहेको गीतमा एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। भिडियोको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् भने शेखर घर्ती मगर र सुशन तामाङ सहायक कोरियोग्राफरका रूपमा रहेका छन्।

‘खुस्मा’पछि निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको यो दोस्रो सिनेमा आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुने तयारीमा छ। यसअघि निर्माण टिमले प्रदर्शन मितिसँगै सिनेमाका पोस्टर सार्वजनिक गरेको थियो। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् भने सिनेमाको छायांकन शैलेन्द्र डी. कार्कीले गरेका छन्।

सिनेमामा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन तथा विशेष भूमिकामा क्याप्टेन विजय लामा रहेका छन्। बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन्। यसै सिनेमामार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा डेब्यु गरेकी छन्।

सिनेमाका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।

निर्देशक थापा मगरको अघिल्लो सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। उक्त सिनेमाको गीत ‘रुकुम मैकोट’ सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेको थियो। ‘खुस्मा’को सफलतापछि ‘जलाकी’ले पनि दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ। सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछन्।