" /> कोभिडको जोखिम बढेपछि अनलाइन कक्षा प्राथमिकतामा – News of Global

News of Global शुक्रबार, चैत्र २७, २०७७

काठमाण्डौ । कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । विश्वव्यापी रूपमा पुनः फैलिएको कोरोना महामारीका कारण विश्वविद्यालयमा उपस्थित भई भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकाले बिहीबारदेखि अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेका छन् । काठमाडौं विश्वविद्यालयका कार्यालयहरूले अनलाइन कक्षा सञ्चालन हुने अवधिमा स्कुल तथा विभागीय प्रशासनहरू सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरू सम्बन्धित प्रमुखहरूको निर्णयबमोजिम गर्न आग्रह गरेको छ ।
 गत वर्ष ६ चैतदेखि कोभिडका कारण बन्द रहेका विद्यालय कतिपय मंसिरदेखि खुले पनि काठमाडौं उपत्यकालगायतका सहरका विद्यालयले माघ–फागुनबाट मात्रै भौतिक रूपमा पठनपाठन सुरु गरेका थिए । केही विद्यालयले तल्लो कक्षाका विद्यार्थीलाई अहिले पनि अनलाइनमै अध्यापन गराइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ ९सिसिएमसी०लाई सिफारिस गरेको छ । रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको बताए । ‘पछिल्लो समय १८ वर्ष ९विद्यालय उमेर समूह०का बालबालिकामा संक्रमण बढ्दै गएको पाइएको छ,’ निर्देशक पौडेलले भने, ‘यसले शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्नुपर्छ ।चैतयता दुई सयभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]