" /> शिखरको संगीत, यम र उर्मिलाको स्वरमा ‘जवानी ताजा छ’ – News of Global
शिखरको संगीत, यम र उर्मिलाको स्वरमा ‘जवानी ताजा छ’

नाजिर र उषा फिचर्ड ‘जवानी ताजा छ’ सार्वजनिक

News of Global सोमबार, मंसिर १५, २०७७

काठमाडौँ । लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको ‘जवानी ताजा ताजा छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन्। यस गीतलाई मोहित मुनालले सङ्गीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेतीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। रवीन्द्र न्यौपानेले छायाङ्कन गरेको यस भिडियोलाई दीपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो।

१३ बर्सपछि गायन यात्रामा फर्किएकी लाम्गादेले केही महिना अघि ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीत सार्वजनिक गरेकी थिइन्। न्युयोर्कमा बसेर आफ्नो सङ्गीत यात्रालाई अघि बढाइरहेकी गायिका लाम्गादे गायनसँगै अभिनयमा समेत रुचि राख्ने गर्छिन् उनले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामूलक विज्ञापनहरूमा अभिनय गरिसकेकी छिन् । भर्खरै सार्वजनिक गरिएको यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण दर्शक श्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]