" /> विश्वराज पोखरेललाई एआईजी बढुवा गर्न सिफारिस, प्रहरी मुख्यालय असन्तुष्ट – News of Global

News of Global सोमबार, मंसिर १५, २०७७

काठमाडौं । नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ ।

सोमबार साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि महानिरीक्षक (आईजीपी) बन्नका लागि पोखरेल एक्लो दाबेदार बनेका छन् । क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म रहेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो साता गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत थाहै नदिइ एआईजीको दरबन्दी थपेको थियो ।

एआईजीमा पोखरेलको ब्याचबाट एकल बढुवाले अन्यको कार्यसम्पादनसमेत खस्काउने भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट छ । तर उपप्रधानमन्त्री पोखरेलको दबाबसामू प्रहरी महानिरीक्षक क्षेत्री पनि निरीह बनेको प्रहरी प्रधान कार्यालयका एक अधिकृत बताउँछन् ।

पोखरेलसँगै उनको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह लगायत पनि महानिरीक्षकका लागि दाबेदार मानिएका थिए । तर, सरकारले पोखरेलको एकल बढुवा गरेसँगै अन्यको सम्भावना टरेको छ ।

यसअघि पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा पनि एक्लै बढुवा भएका थिए । त्यसवेला पनि कनिष्ठ अधिकृतलाई डीआईजी बनाइएको भन्दै आलोचना भएको थियो ।
डीआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा निधन भएपछि उनलाई तत्कालीन रक्षामन्त्री पोखरेलकै दबाबमा १९ वैशाख २०७६ मा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो ।

पोखरेल प्रहरी निरीक्षक, डीएसपी र एसपी हुँदा वरियतामा अगाडि थिएनन् तर, एसपीबाट एसएसपीमा बढुवा हुने क्रममा पाँचौं वरीयताबाट सिधै एक नम्बरमा पारिएको थियो ।

यसअघि काठमाडौं प्रहरी परिसरमा रहेका बेला दिल्लीस्थित नेपाली दूताबासमा सुरुवा हुँदा पोखरेलले जान नमानेर कमाण्डको अनुशासन उल्लंघन गरेको प्रहरी अधिकारीहरु बताउँछन् । हाल उनी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]