प्रतिमाको शब्द, चिरन्जीवी र सरुको स्वरमा ‘आयौ तिमी’

दिनेश कठायत र अनिता एन पी चौधरीको अभिनयमा ‘आयौ तिमी’

News Of Global शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं । गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको शब्द रचनामा ‘आयौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रतिमाका शब्द रचनामा थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् ।

सार्वजनिक यस गीतमा भने चर्चित गायक तथा संगीतकार चिरन्जीवी भण्डारी र गायिका सरु गौतमले स्वर भरेका छन् । संगीत पनि गायक स्वयम् चिरन्जीवी भण्डारीकै रहेको छ । गीतलाई पुस्कर सुनुवार र संजीव बराईलीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा अहिलेका चर्चित मोडल कलाकार दिनेश कठायत (काजी) र अनिता एन पी चौधरीको अभिनय रहेको रहेको छ । मोडल दिनेश पछिल्ला दिनहरुमा नेपालका चर्चित गायक गायिकाको म्यूजिक भिडियो मोडलिङमा व्यस्त भइरहेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]