" /> जोर बिजोर प्रणालीले भीड बढ्यो, यात्रुलाई सास्ती – News of Global

News of Global बुधबार, पौष ०१, २०७७

काठमाडौं । कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । जोर बिजोर प्रणाली गरे पनि कोरोना संक्रमण घट्दै गएको प्रभाव सडक यातायातमा देखिन थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराई बताउँछन् ।

सरकारले भीडभाड घटाउन काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लगाएपनि अधिकांश निजी सवारी चालकले त्यसको पालना गरेका छैनन् । जोर–बिजोरको नियम नमान्नेप्रति ट्राफिक प्रहरी पनि नरम नै छ ।

विहान–बेलुकाको नियमित चेकिङमा भेटिएका नियम उल्लंघन गर्ने सवारीलाई केहीबेर रोक्नेबाहेक ट्राफिकले अरु कारबाही गरेको छैन । जोर–बिजोर प्रणाली लागु गर्नकै लागि भनेर चेकिङ पनि नगरिएको एसएसपी भट्टराई बताउँछन् । नियमित चेकिङमा बस्दा जोर–बिजोर पनि हेर्ने गरिएको उनले बताए ।

जोर–बिजोरको नियम नमान्नेलाई ट्राफिक प्रहरीले मन लागे समातेर उभ्याउने, नलागे नदेखे झैं गर्ने गरेको छ । जसले सर्वसाधारणलाई झन् पीडा भएको छ । निजी सवारी चालकमा यो नियम लागु भएको या नभएको बारे नै अन्योल छ । सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली कायमै छ ।

‘ट्राफिक प्रहरीलाई झोँक चले लागु गर्ने, अन्यथा सबैलाई छुट दिनेगरी नियम लगाइराख्दा सडक र सवारीमा अन्याय कायम भएको देखिन्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]