News Of Global बिहिबार, माघ २२, २०७७

काठमाडौं । आज भएको प्रचण्ड–माधव समूहको नेकपाले गरेको नेपाल बन्दका क्रममा जनजीवन प्रभावित बन्यो । बन्दका क्रममा काठमाडौंमा एक ट्याक्सीमा आगजनी गरियो भने दुई ट्रकमा तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालयका काठमाडौका अनुसार धादिङका कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको छ भने काठमाडौंबाट नारायणगढतर्फ जादै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका छन्।
यस्तै, टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दको क्रममा सञ्चालन गरेको चार ट्रकमा बन्दकर्ताले तोडफोड गरेका छन् भने गोङ्गबुमा एक ट्याक्सीमा आगजनी गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]