" /> बुक बिल्डिङ प्रक्रियाका लागि ४६ लगानीकर्तालाई स्वीकृति – News of Global

News of Global बिहिबार, पौष २३, २०७७

काठमाडौं । बुक बिल्डिङ प्रक्रियामा सहभागी जनाउन ४६ वटा संस्थागत लगानीकर्ताले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन परेका ६२ आवेदनमध्ये उक्त संख्यामा लगानीकर्तालाई स्वीकृति प्रदान गरिएको बोर्डले जनाएको छ । संस्थागत लगानीकर्ताको अनुमतिका लागि आएका निवेदन भने रीत नपुगेपछि अस्वीकृत गरिएको छ ।

त्यसरी स्वीकृतिप्राप्त लगानीकर्तामध्ये ४ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक, १ वटा वित्त कम्पनी, २२ वटा मर्चेन्ट बैंकर, ८ वटा म्युचुअल फण्ड, ६ वटा इन्भेष्टमेन्ट फण्ड, तथा १र१ वटा जीवन र निर्जीवन बीमा कम्पनी रहेका छन् । ४ वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । ३ विकास बैंकमध्ये लुम्बिनी विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै २२ मर्चेन्ट बैंकरमा प्रभु क्यापिटल, मुक्तिनाथ क्यापिटल, एनआइसीएशिया क्यापिटल, अल्फा क्यापिटल, आरविवि मर्चेण्ट, हिमालयन क्यापिटल, ग्लोबल आईएमई क्यापिटल, सिभिल क्यापिटल, केसीएल अस्टचुट क्यापिटल, सिद्धार्थ क्यापिटल, माछापुच्छ्रे क्यापिटल, नेशनल मर्चेन्ट बैंकर, नेपाल एसबीआई मर्चेन्ट, बीओके क्यापिटल मार्केट, एनआईबीएल एस क्यापिटल, कुमारी क्यापिटल, सञ्चुरी क्यापिटल, आकाश क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, मेगा क्यापिटल र सनराइज क्यापिटल रहेका छन् ।

त्यस्तै, म्युचुअल फण्ड अन्तर्गत एनआईवीएल सहभागिता फण्ड, ग्लोबल आईएमई समुन्नत योजना–१, एनआईबीएल प्रगति फण्ड, लक्ष्मी उन्नती कोष, लक्ष्मी इक्वीटि फण्ड, सानिमा इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्वीटी फण्ड छन् ।

त्यस्तै इन्भेष्टमेन्ट कम्पनी अन्तर्गत कृति भेन्चर फण्ड, टिम भेञ्चर्स, हाथवे इन्भेष्टमेन्ट, आइएमई इन्भेष्टमेन्ट, डिडि इन्भेष्टमेन्ट र आइएमई होल्डिङ्ग छन् । त्यसबाहेक गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रिलायन्स लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स पनि बोर्डको संस्थागत लगानीकर्ताको सूचीमा अटाएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]