News Of Global मंगलबार, माघ १३, २०७७

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]