सर्वोत्कृष्ट ध्वनी मुद्रणको अवार्ड भोलाको हातमा

सातौं नेशनल क्यापिटल अवार्ड २०७७ सम्पन्न

News Of Global मंगलबार, माघ १३, २०७७

काठमाडौं । बरिष्ठ रेकर्डिस्ट तथा ध्वनी सम्पादक भोला पौडेलले अवार्ड चुम्न सफल भएका छन् । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको सातौं नेशनल क्यापिटल अवार्ड २०७७ मा भोलाले उत्कृष्ट मिक्सिङ (ध्वनी मुद्रण) विधाको अवार्ड चुम्न सफल भएका हुन् ।

यसै गीतबाट गीतकार रमेश दाहालले पनि उत्कृष्ट गीतकारको अवार्ड सफल भए । गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको संगीत र सुप्रसिद्ध गायक रामकृष्ण ढकालको स्वर सुन्न सकिन्छ । गीतमा मनोहर सुनामले सङ्गीत संयोजन गरेका हुन् ।

उक्त अवार्ड समारोहमा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका ठहरिए । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रियलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो भने गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान अर्पण गरियो । गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]