काठमाडौ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक जगत मर्दन थापाको ८५ औ जन्मजयन्तीको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । २०१८ सालमा माया लुकाई लुक्दैनु बोलको गीत भारतको कोलकातामा रेकर्ड गरेसँगै गायक थापाको गायन यात्रा शुरु गरेका थापाको ८४ वर्षको उमेरमा संक्रमणका कारण निधन भएको थियो ।

Nepal Telecome

थापाको ८५ औ जन्मजयन्तीको अवसरमा आज बिहान रेडियो सिटिमा कार्यक्रम गरि गीत बजाउने र ब्याग्राउन्डमा थापाकै गीत ‘लाली गुराँस फुल भन्दा’ गीतको धुन बजाउने काम सम्पन्न भएको उनका छोरा मोहीत मर्दन थापाले बताए ।

उनका अनुसार टिचिङ अस्पताल माहाराजगन्जमा आगो दुर्घटनामा परेकी २६ बर्षकि राजबिराज सप्तरी घर भएकि संजू रजक नाम गरेकी महिला लाई केही लत्ता कपडा, खाध्द्यान्न सामग्री र औसधि खर्चका लागि केही आर्थिक सहयोग प्रदान गरिएको छ ।

अमर स्रष्टा गायक थापाको सम्झनामा मंगलबार दिउसो ४ बजे देखि ६ बजे सम्मको समयमा गीतकार वसन्त बित्यासी थापा, मनोहर सुनाम, भोला पौडेलका साथमा साउन्ड डिजाइन स्टुडियो नक्सालमा गायक स्वयंले गाउनु भएको ‘कुनै भेद भाव छैन, प्रकृतिको सुन्दर बरदान’ बोलको गीतमा पुनः साङ्गीतिक धून ‘स्याक्सोफोन’को रेकर्डिङ गर्ने काम गरिएको छ ।

छोरा मोहीत मर्दन थापाका अनुसार सांझ ७ बजे आफ्नै निवासमा पारिबारिक र केही आफन्तजनहरु गीतकार वसन्त बित्यासी थापा, जयदेव कृष्ण श्रेष्ठ र राजु के.सी.का साथमा दिप प्रज्वलन गरिएको छ ।