" /> पर्वतका हरिप्रसाद शर्मा ७ वर्षदेखि सम्पर्कविहीन – News of Global

News of Global शनिबार, चैत्र २२, २०७६

मलेसिया । पकुवा– ९ पर्बतका हरिप्रसाद शर्मा ७ वर्षदेखि मलेसियामा बेपत्ता छन् । ७ बर्स पहिला मलेसियाको 1-2-2 jalan 3/50 diamond square business center of jalan combak 5300 kuala lumpur मा सुरक्षागार्डको रुपमा काम गर्दै आएका शर्मा हालसम्म पनि सम्पर्कमा नआएको परिवारले जनाएका छन् । अहिलेसम्म सम्पर्क नभएपछि परिवारका सदस्य उनको खोजीकार्य गरिदिन विभिन्न निकायमा पहल गरिरहेका छन् । शर्मा द रिभर ओभरसिजबाट मलेसियाका लागि परतामा सेक्युरिटी सर्भिसमा गएका थिए । जुलाई २०१२ मा १४ सय मलेसियन रिंगेट तलब पाउने गरी श्रम सम्झौता गरेका शर्मा हालसम्म पनि वेपत्ता छन् । उनको ०५७३५८९६ राहदानी नम्बर हो । उनको परिवार यतिखेर सबैलाई खोजी गरिदिन अपिल गगरिरहेका छन् । कहि कतै तपाइँले देख्नु भएको छ भने सम्बन्धित निकाय एवं उनको छोरा प्रदीप शर्मा (+9779847601176) लाई सम्पर्क गरि दिन अनुरोध गर्दछौ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]