" /> यसरी सुरु भयो मूर्ख बनाउने चलन : अप्रिल फुल – News of Global

News of Global बिहिबार, चैत्र १९, २०७७

काठमाण्डौ । पहिलेको क्यालेन्डरमा अप्रिल महिना देखि नयाँ वर्ष शुरु हुन्थ्यो तर पछि क्यालेन्डरमा संसोधन गरी जनवरी देखि नयाँ वर्ष शुरु गरियो । यो संसोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालिन राजा चार्ल्स नवौंले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष शुरु हुने घोषणा गरे । जनताले राजालाई स्वीकारेर पहिलो जनवरीलाई वर्षको शुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रुपमा स्वीकार्न सकेनन् । उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरुको दिन’ भनी नामकरण गरे । यसरी पहिलो अप्रिललाई वर्षको शुरुवात मान्नेहरूलाई उनीहरुले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरू पठाएर खिसी उडाउन थाले । तिनीहरुलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरुलाई मूर्ख बनाउने प्रचलनको शुरुवात र विस्तार हुँदै गयो भनिन्छ । १९१५ मा जर्मनीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषय अप्रिल फुलको वर्णन गर्दा सधैं चर्चामा आउँछ । यसलाई देखेर मानिसहरूबीच भागदौड नै मच्चियो, त्रस्त मानिसहरु लामो समय लुके । तर बम नपड्किएपछि उनीहरु फर्किएर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँकिएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल।अप्रिल फुल यसअघि नै सुरु भएको थियो भन्ने दावी पनि छन् । एक किम्वदन्तीले १३९२ बाटै मानिसलाई १ अप्रिलमा मूर्ख बनाउन थालिएको थियो भन्छ, यस दाबीअनुसार ‘नन्स प्रिन्स टेल’ कथामा कथाकार जियोफ्रे काउस्सरले मार्चको ३० र थप २ दिन भनेर ३२ मार्चको संकेत गरेका छन्, यसलाई कतिले १ अप्रिल भनेर अथ्र्याएका छन् र यतिबेला पनि झुक्याउने खेल हुन्थ्यों भनेका छन् । यद्यपी, १ अप्रिल कहीं उल्लेख छैन । केही रिपोर्टका अनुसार १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए । अर्को एक दाबीअनुसार १५३९ कवि ‘डे डेने’ ले आफ्नो रचनामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मूर्खतापूर्ण कामका लागि पठाएको विषय उल्लेख गरेका छन् । अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा मनाइन्छ र यस्ता धेरै किंवदन्ती प्रचलनमा छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]