" /> पोर्न स्टार लोला टेलरको अनौठो घोषणा, भ्याक्सिन बनाउने डाक्टरसँग रात बिताउन तयार – News of Global

News of Global आइतबार, चैत्र २३, २०७६

एजेन्सी । चीनको वुहान सहरबाट उत्पन्न भएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर नै महामारीको रुपमा त्रसित बनाइरहेको बेला रसियन पोर्न स्टारले अनौठो घोषणा गरेकी छन् ।
कोरोना भाइरसले ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ। लाखौं संक्रमित भएका छन्। कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ। सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन।

यसैबीच एक अंग्रेजी वेभसाइटमा प्रकाशित खबरले सबैलाई चकित बनाएको छ। वेभसाइटमा पोर्न इन्डस्ट्रीकी चर्चित रसियन पोर्न स्टार लोला टेलरले भनेकी छन् – ‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु’। उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ। जसले सबैजनालाई चिन्तित बनाएको छ ।

कोरोना भाइरसका कारण लोला पनि घरबाहिर जान पाएकी छैनन्। जसले उनको पेशा पनि संकटमा परेको छ । उनी मस्कोमा एक्लै बस्दै आएकी छन् । लोला टेलरको खास नाम ल्‍युबोभ बुसुयेवा हो। उनी पोर्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन्। लोला रूसकी हुन्। अहिले उनी यो घोषणाको कारण चर्चामा छिन्।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]