News Of Global मंगलबार, चैत्र २४, २०७७

काठमाण्डौ । ललितपुरबाट चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका –६ घर भई हाल ललितपुर–१२ मंगलबजार बस्ने ४८ वर्षीय राज कुमार सुनार छन् । पक्राउ परेका सुनार चैत १३ गते राति ललितपुर–१६ धौगलवजारस्थित माईकल शाक्यको मूर्ति बनाउने कारखानाबाट १६ वटा मूर्ति चोरी गरी फरार रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए । प्रहरीले उनको साथबाट चोरी भएका सबै मूर्तिहरु बरामद गरेको छ ।
पक्राउ परेका सुनारमाथि जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]