काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
कोरोना भाइरसको संक्रमण भएपछि खनाललाई शनिबार नर्भिक अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

नर्भिकमा भर्ना गर्नुअघि उनलाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएका कारण उनलाई नर्भिक अस्पताल लगिएको स्रोतको भनाइ छ।

Nepal Telecome

यस्तै एमाले नेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनको मनमोहनमै उपचार भइरहेको छ।