" /> पर्यटन मन्त्री ढकाल र खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण – News of Global

News of Global आइतबार, बैशाख १९, २०७८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ ।

‘विहान स्वाब दिएको हो । दुवै जनाको रिपोर्ट पोजिटिभ आएको छ’, मन्त्री ढकालका प्रेस संयोजक माधव तिवारीले बताए । मन्त्री ढकालको स्वास्थ्य अवस्था भने सामान्य छ । तर, मन्त्री पत्नी फुयाललाई भने अस्पताल भर्नाको तयारी भइरहेको छ ।
त्यस्तै विहान आएको रिपोर्टमा संक्रमण देखिएको र थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी र खानेपानीमन्त्री मणि थापालाई पनि कोरोना संक्रमण भएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]