" /> संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन – News of Global
संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन

हिमाली साँस्कृतिक परिवारका अध्यक्ष संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन

News of Global मंगलबार, जेठ १८, २०७८

पोखरा । हिमाली साँस्कृतिक परिवारका अध्यक्ष संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । तीन साताअघि कोरोना संक्रमणबाट मुक्त भएका गुरुङको मुटु सम्बन्धी समस्या रहेको थियो । उहाँको उपचारका क्रममा गएराती पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो ।

पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उहाँकी धर्मपत्नी मीना गुरुङको गत बैशाख ३० गते कोरोनाका कारण मृत्यू भएको थियो । आफू पनि कोरोना संक्रमित भएका मेनकाजीले त्यसबेला कोरोनालाई परास्त गर्न सफल हुनुभएको थियो ।

उहाँले पोखरामा स्थापना भएको हिमाली साँस्कृतिक परिवारमा लामो समयसम्म एकल नेतृत्व गर्दै आउनु भएको थियो । तमु साँस्कृतिक प्रतिष्ठानका सल्लाहकार, तमु धिं नेपालका सह–सचिव एवं गुरुङ फिल्म एसोसिएसन नेपालका पूर्व सल्लाहकार समेत हुनुहुहुन्थ्यो ।

लामो समयदेखि उनको अगुवाईमा परिवारले कौरा, घाटु, रोधीलगायतका प्रस्तुति देशविदेशमा प्रदर्शन गर्दै आएको थियो । समाजसेवामा समेत उतिकै सक्रिय गुरुङका १ छोरा १ छोरी छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]