" /> चेलीबेटीलाई शुभकाना बाँड्दै सूर्य चन्दले आयोजना गरे तिज विशेष कार्यक्रम – News of Global

News of Global सोमबार, भाद्र १४, २०७८

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा संचारकर्मी सूर्य चन्दले कार्यक्रमको आयोजना तिजको शुभकामना दिएका छन् । तिज विशेष कार्यक्रमको आयोजना गर्दै चन्दले चेलीबेटीलाई तिजको दर खुवाएका हुन् । काठमाडौं गैरीधारास्थित भोजघरमा कार्यक्रम आयोजना गर्दै आफूले दिदीबहिनी मानेका सम्पूर्ण कलाकारिता, सौन्दर्यकर्म र संचारजगतमा क्रियाशील रहेका दिदीबहिनीहरुलाई तिज विशेष कार्यक्रम गर्दै शुभकामना दिएका हुन् ।

विभिन्न क्षेत्रमा आफुलाई अब्बल साबित गरिसकेका चन्दले ५० जना भन्दा बेसी दिदीबहिनीहरुको साथमा मनाइएको थियो । तिज बिशेष कार्यक्रम – २०७८ मा चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई आफ्नी पुजनीय आमा लक्ष्मी चन्दको आशिर्वादबाट सूर्य चन्दले सुरुवात गरेका थिए । उक्त कार्यक्रममा संचारकर्मी सुर्य चन्दलाइ युवा ब्यबसायी, समाजसेवी अन्जु बुढाथोकी, बरिष्ट समाजसेवी प्रकाश कुमार श्रेष्ठ, बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ, बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी कारञ्जित, फेसन डिजाईनर इन्ता श्रेष्ठले कार्यक्रम सफल बनाउन साथ दिएका थिए ।
कार्यक्रममा दिदीबहिनीहरुको लागि सौन्दर्य सामग्रीहरुसमेत उपहार स्वरुप दिइएको थियो । कस्टमेटिक सामानहरुको प्रायोजन कलर एसेन्स कम्पनीका तर्फबाट कम्पनीका कन्ट्री म्यानेजर रमेश उप्रेती, मणि कर्ण शाक्य तथा बि एण्ड डी प्रोफेसनल कस्ट्मेटिक र टिबिसी कम्पनीबाट ध्रुव राज भण्डारी र सन्दिप खनालले गरेका थिए।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]