" /> ‘समयसापेक्ष शिक्षा प्रणालीमा परिवर्तन जरुरी’ – News of Global

रासस शनिबार, कार्तिक १३, २०७८

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समयसापेक्ष शिक्षा प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल प्रध्यापक सङ्घको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आज धनगढीमा आयोजित ‘रिसर्च मेथोडोलोजी टेर्निङ’ र नेपालमा उच्च शिक्षाको अवस्था र चुनौती तथा सामदायिक क्याम्पसहरुको अवस्था र चुनौती विषयक गोष्ठीको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले समय सान्दर्भिक शिक्षा प्रणालीलाई रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

“जुन प्रकारको शिक्षा दिइरहेका छौँ, त्यो शिक्षा हिजो कुनै समयमा काम लागेको थियो, त्यो अवस्थामा प्रविधिको विकास कम भएको थियो, चाहना कम थिए र आवश्यकता कम थिए । त्यसकारण त्यो काम लागिरहेको थियो”, उहाँले भन्नुभयो, “तर आज हामी त्यो भन्दा फरक तरिकाले प्रस्तुत हुन र रुपान्तरण गर्न सकेनौँ भने परिणाम दिन सक्दैनौँ ।”

मुख्यमन्त्री भट्टले पढिसकेपछि अथवा डिग्री गरिसकेपछि लोकसेवा पास गर्ने र जागिर गर्ने मात्रै हाम्रो पढाइको मिसन रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “शिक्षामा व्यवसाय पनि गर्नुपर्दछ र त्यो व्यवसायलाई अगाडि बढाउनु पर्दछ, सानैबाट सुरु गरे पनि अगाडि बढ्न सक्छौँ भन्ने हाम्रो प्रणालीमा ध्यान हुँदैन ।”

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]