" /> अभिनेत्री शर्मा र पत्रकार गिरीलाई हरितारा पुरस्कार, खनाललाई चेतन कार्की स्मृति पुरस्कार – News of Global

News of Global आइतबार, बैशाख ११, २०७९

काठमाडौं । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बैशाख ९ गते बसेको बैठकले २०७७ सालको हरितार चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेत्री मिथिला शर्मालाई अर्पण गर्ने निर्णय गरेको छ । सोही बैठकले २०७८ सालको हरितारा चलचित्र पुरस्कार वरिष्ठ रंग पत्रकार विदुर गिरीलाई अर्पण गर्ने पनि निर्णय गरेको छ ।
वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफु र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गर्नु भएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो ।
वि.सं. २०७७ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पु¥याउन महत्वपुर्ण योगदान गर्नु भएकाले अभिनेत्री मिथिला शर्मालाई अर्पण गर्न लागिएको हो । यसैगरी ०७८ सालको हरितारा चलचित्र पुरस्कार ३ दशक भन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृती, चलचित्र क्षेत्रको प्रवद्र्धन र पेशाकर्मीको उत्थानका लागि देश विदेशमा पु¥याउनु भएको योगदानका लागि संचारकर्मी बिदुर गिरीलाई अर्पण गर्न लागिएको हो । पुरस्कारको थैली जनही पच्चिस पच्चिसहजार रहेको छ ।
यसैगरी बैशाख ९ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं. २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र वरिष्ठ प्राविधिक मनोज के.सी.लाई अर्पण गर्ने निर्णय गरेको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश दश हजार रहेको छ । परिवर्तन नेपालको सोही वैठकले चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याउनु भएका निर्देशक मदन घिमिरे, निर्माता÷निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक÷ निर्माता मौनता श्रेष्ठ, अभिनेता राज कुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गर्ने र प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आवद्ध भई आ–आफ्नो क्षेत्रमा योगदान पु¥याउनु भएका चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी),निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा वि.सी., खेलाडी÷कलाकार नन्दा बस्याल, रंगकर्मी मन्जु निरौला, रंगकर्मी रजनी अर्याल, रंगकर्मी रेणु पौडेललाई परिवर्तन सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
बैशाख १० गते बसेको परिवर्तन नेपालको बैठकले गीतकार÷लेखक÷निर्देशक तथा सस्कृतिकविद स्वः चेतन कार्कीको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । स्थापना वर्षको पुरस्कार लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई अर्पण गर्ने निर्णय गरेको छ । सोही बैठकले परिवर्तन पत्रकारिता विशेष सम्मान संचारकर्मी दिनेश सिटौलालाई अर्पण गर्ने निर्णय गरेको छ ।
पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी÷गीतकार शान्तिप्रिय रहनु भएको समितिले गरेको हो ।
यस अघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, सुनिल थापा, दिनेश डी.सी. करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा कृष्ण मल्ल, मदनदाश श्रेष्ठ आदिलाई अर्पण गरिसकिएको छ भने दुर्गादेवी पुण्य निरौला स्कृति पुरस्कार उत्तम के.सी., शुभाष गजुरेल, सपना श्रेष्ठ आदिलाई अर्पण गरिएको थियो ।
तिनवटै पुरस्कार र सम्मान जेष्ठको दोश्रो हप्ता एउटा विशेष समारोहको आयोजना गरि अर्पण गरिनेछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]