काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरू प्यानल बनाएर अघि बढ्ने भएका छन्। डा. ईश्वर जिसीको नेतृत्वमा दुवै पार्टीका रोजगार व्यवसायीहरू मिलेर प्यानलमा चुनाव लड्ने भएका हुन् ।
डा. जिसीको नेतृत्वमा घोषणा गरिएको प्यानलमा धनलाल जैसी प्रथम उपाध्यक्ष, बाबुराम खड्का द्वितीय उपाध्यक्ष, अनिल बोगटी तृतीय उपाध्यक्षका उम्मेदवार रहेका छन्।

त्यस्तै महासचिवमा अधिवक्ता मधुकर रिजाल, सचिवमा टक्कर बहादुर पार्खिन, कोषाध्यक्षमा केदारनाथ अधिकारी रहेका छन्। त्यस्तै सदस्यहरूमा प्रेम बहादुर गिरी, देविमाया थापा, एक नारायण काफ्ले, फिरोज खान, कामेश्व शाह (राहुल), सरोज कुशवाह, गणेश कुवर, सन्दिप पुडासैनी, हरिबहादुर गिरि र शिवबहादुर कुवर रहेका छन्।

अध्यक्षका उम्मेदवार डा. जिसी माओवादी केन्द्र र महासचिवका उम्मेदवार रिजाल नेकपा समाजवादी केन्द्र निकट हुन् । ८८० म्यानपावर व्यवसायी रहेको संघको साधारणसभा तथा निर्वाचन माघ ६ गते हुँदैछ ।
Foreign Employment Association

Nepal Telecome