" /> फ्रेबुअरीदेखि ट्वीटरको नियम परिवर्तन हुँदै, यस्तो काम गरे निलम्बन हुनेछ – News of Global

News of Global सोमबार, माघ १६, २०७९

एजेन्सीः एलन मस्कको आगमन पश्चात् माइक्रो ब्लगिङ साइट ट्वीटरमा हरेक दिन केही न केही नयाँ परिवर्तन हुँदै आएको छ । यसैबीच ट्वीटरले अकाउन्ट निलम्बन गर्ने नीतिमा पनि परिवर्तन गरेको छ ।

ट्वीटरको यो नयाँ नीति फेब्रुअरी १ देखि लागू हुने छ । नयाँ नीति पश्चात् अब प्रयोगकर्ताले आफ्नो ट्वीटर अकाउन्ट निलम्बनका विषयमा अपिल गर्न सक्नेछन् । निलम्बित अकाउन्ट पुनस्र्थापित गर्नका लागि ट्वीटरले नयाँ मापदण्ड अनुसार समीक्षा गर्नेछ । नयाँ मापदण्ड अनुसार अब पटक पटक ट्वीटरको नियम उल्लंघन गर्नेको मात्र ट्वीटर अकाउन्ट निलम्बन हुनेछ ।

कुनै पनि प्रयोगकर्ताको ट्वीटर अकाउन्टले यदि ट्वीटरको नीतिको गम्भीर उल्लंघ गरेमा त्यो अकाउन्ट निलम्बनमा पर्न सक्छ । नीतिको गम्भीर उल्लंघनमा गैरकानूनी सामग्री वा गतिविधि, कसैलाई तर्साउने वा नोक्सान गर्ने तथा उत्पीडन जस्ता क्रियाकलापहरु सामेल छन् । ट्वीटरका अनुसार आगामी दिनमा अकाउन्ट निलम्बन जस्तो गम्भीर कारबाही कम भन्दा कम प्रयोगकर्तामाथि गरिनेछ ।

ट्वीटरमा भविष्यमा सकेसम्म कुनै अकाउन्टलाई निलम्बन गर्नुको साटो त्यस्तो अकाउन्टको पहुँचलाई कम गराउने उपाय अपनाइनेछ । त्यस्तै प्रयोगकर्तालाई कारबाही गर्नुभन्दा अगाडि सम्बन्धित ट्वीट डिलिट गर्न अनुरोध गरिनेछ ।

ट्वीटरका सिईओ एलन मस्क पहिलेदेखि नै ट्वीटर अकाउन्टमाथि प्रतिबन्ध लगाउने कारबाहीको विरुद्धमा छन् । आफूले ट्वीटर कम्पनी खरीद गरेसँगै उनले प्रतिबन्ध भोगिरहेका विभिन्न लोकप्रिय ट्वीटर प्रयोगकर्ताका अकाउन्टहरु पुनस्र्थापित गरेका थिए । त्यो सूचिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सामेल छन् । हालै ट्वीटरले बलिउड अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउन्ट पनि फुकुवा गरेको छ । उनको ट्वीटर अकाउन्टमाथि २ वर्षअघि प्रतिबन्ध लागेको थियो ।

स्मरण रहोस् ट्वीटरले प्रयोगकर्तालाई ३ प्रकारका भेरिफिकेसन ब्याज अर्थात् टिक प्रदान गर्दैछ । जस अन्तरगत सरकारी निकायहरु, अधिकारी तथा मन्त्रीहरुलाई खैरो रङको टिक दिइन्छ भने कम्पनीहरुलाई पहेँलो र आम प्रयोगकर्ता व्यक्तिलाई निलो टिक दिइन्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]