News of Global १८ बैशाख २०८३, शुक्रबार
logo_sideko_ads
Sunita Dangol Dinesh DC Dambar Yakso समिर सुवेदी गीता पाण्डे
menusads
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो

News of Global
News of Global
शुक्रबार, बैशाख १८, २०८३

चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो

दिपेश पौडेल र रौतहट

काठमाडौं । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नाराका साथ आज रौतहटको चन्द्रनिगाहपुरमा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ ।

चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको आयोजना तथा चन्द्रपुरई रिक्सा सङ्घ लगायत विभिन्न मजदुर सङ्गठनहरूको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecome

मजदुर दिवसको अवसरमा बिहान चन्द्रनिगाहपुर बजारदेखि लोकतान्त्रिक चोकसम्म प्रभात फेरि निकालिएको थियो ।
सबैका लागि सामाजिक न्याय र मर्यादित कामू भन्ने नारा घन्काउँदै निकालिएको उक्त ¥यालीमास्स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीहरू, विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू र मजदुरहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै चन्द्रपुरका समाजसेवी वसन्त आचार्यले दिवस मनाउने शैली र मजदुरको वास्तविक अवस्थाप्रति गम्भीर प्रश्न उठाए । उनले भने ‘आज विश्वभर यो दिवस मनाइरहँदा रातदिन पसिना बगाउने मजदुरहरूको श्रमको उचित मूल्याङ्कन भएको छ तरु हामी हरेक वर्ष नारा त तय गर्छौँ, तर अघिल्लो वर्षको नाराले कति सार्थकता पायो र कति उपलब्धि भयो भन्ने मूल्याङ्कन हुन जरुरी छ ।’

आचार्यले थप प्रस्ट पार्दै भने, ‘एउटा मजदुर बिहानदेखि बेलुकासम्म खटिँदा पनि आफ्नो परिवारको लागि दुई छाक जुटाउन मुस्किल पर्छ भने उसको मेहनतमा न्याय भएको मान्न सकिँदैन । यसप्रति सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।’

कार्यक्रममा सहभागी वक्ताहरूले मजदुरहरूको हकहित, सुरक्षा र उचित पारिश्रमिकको ग्यारेन्टी गर्न माग गरे । औपचारिक कार्यक्रममा मात्र सीमित नभई मजदुरको जीवनस्तरमा परिवर्तन आउने गरी काम गर्न स्थानीय सरकार र सम्बन्धित संघसंस्थालाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
Developed by: Websoft IT Nepal Pvt. Ltd.