" /> फिर्के खोलामा डोजर चलाएको – News of Global

News of Global आइतबार, बैशाख २४, २०८०

पोखरा महानगरपालिकाले फिर्के खोलामा डोजर चलाएको छ । फिर्केखोलामा अवैद्यरुपमा रेटेनिङ वाल लगाएपछि महानगरले डोजर चलाएको हो ।
फिर्केखोला अतिक्रमणको चपेटामा परिरहँदा विचौलियाहरुले संरक्षणको नाममा धमाधम खोला मिच्न थालेपछि मेयर धनराज आचार्यको निर्देशनमा आज डोजर लगाएर पूर्णरुपमा भत्काएको हो ।
नेपाल प्रहरी, नगर प्रहरीसहितको दलबलको टोलीले वाल भत्काएको हो । पोखरा १८ पोखरावेशी र अँधेरीकुनामा वाल लगाउने काम भएको थियो । महानगरमा उक्त विषयको उजुरी परेपछि यस अघि नै नगर प्रहरीले खवरदारी गरेको थियो । तीनचार पटक खबरदारी गर्दा समेत अटेरी गर्दै काम गरेपछि आज डोजर नै चलाएको हो । नगरी प्रहरी पुरुषोत्तम थापाकाअनुसार गलत तरिकाले काम भएका कारण डोजर लगाएको हो । उनका अनुसार महानगरले पटक पटक ताकेता गरेको थियो । उक्त स्थानमा महानगरको स्विकृत विनानै काम भएको र स्विकृत लिन आग्रह गर्दा समेत नरोकेपछि भत्काउन बाध्य भएको उनले सुनाए । बाकीँ भिडियोमा

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]