मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेको छैन ।

यसअघि बिहान साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको भएपनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले गणना प्रक्रिया सुरु हुन नसकेको हो ।

जिल्लाका क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रको मतगणना एकै समयमा सुरु गर्ने भनिएको थियो। तर निर्धारित समय बितिसक्दा पनि मतगणना सुरु नभएपछि उम्मेदवार, दलका प्रतिनिधि तथा सर्वसाधारणमा अन्योलता देखिएको छ ।

Nepal Telecome

मतगणना कहिलेबाट सुरु हुने भन्ने विषयमा अहिलेसम्म आधिकारिक समय तय नभएको स्रोतले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयले तयारी भइरहेको र छिट्टै मतगणना सुरु गरिने जनाएको छ ।