" /> Entertainment – Page 27 – News of Global
माघ २७ मा ‘आँधी तुफान–२’

काठमाडौं । चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी निर्माता तथा लेखक मौनता श्रेष्ठले दिएका छन् । वितरक कम्पनी आरआर फिल्मससँग छलफल गर्दै यो मितिमा चलचित्र प्रदर्शन गर्ने सहमति भएको उनले बताए । चलचित्रमा सञ्जीत भण्डारी, आरती […]

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ रियालिटी शो आयोजना हुँदै

काठमाडौं । इन्ट्रा– नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमा दुई वटा रियालिटी शो आयोजना हुने भएको छ । गायन र नृत्यमा आयोजना गरिएको ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ अहिलेसम्मकै महंगो धनराशीको भएको कार्यक्रमको आयोजना गरी घोषणा गरिएको हो । यसअघि ‘मेरो डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको […]

पोखरामा ‘सय वर्षको आधुनिक संगीत’ साङ्गीतिक कार्यक्रम सम्पन्न

पोखरा । पोखराको बराहिघाटमा ‘नेपालीआधुनिक संगीतमा १००बर्ष’ साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली आधुनिक संगीतको ईतिहासबारे जानकारीमुलक उक्त कार्यक्रम १ घण्टा ३० मिनेट रहेको थियो । नेपाली आधुनिक संगीतमा सय वर्ष कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना भएको हो । प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रमका संयोजक प्राज्ञ अशोककुमार राईको अधयक्षतामा भएको […]

विरही कार्कीको ‘एक्लै भयो पिपलु’

काठमाडौं । चर्चित गायक विरही कार्कीको शब्द, संगीत र स्वरमा रहेको गीत ‘एक्लै भयो पिपलु’ हिजो शुक्रबारबाट सार्वजनिक भएको हो । गायक विरही कार्कीकै यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो गीत प्रवासिएका नेपाली मनहरुको प्रतिनिधिमूलक गीतका रुपमा परिभाषित गर्दा फरक नपर्ला । घर देशमा केही गरौं त सपना किन्ने धन छैन धन भएको परदेशमा माया गर्ने […]

बिदेशमा बसेर लगानी गर्ने हजारौं स्रष्टाहरुले दुःख भोग्नु परेको छः गीतकार अनु शाह

काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र निर्मात्री अनुराधा शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन्। बिद्यालय जीवन देखिनै राष्ट्रिय नाचघरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रङ्गमञ्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन्। काठमाडौं सितापाईलामा पिता लालबिक्रम […]

मालिका केशरीको ‘दुङाल’लाई दुई लाख उत्कृष्ट साहित्य पुरस्कार

काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार ‘दुङाल’का लेखक मालिका केशरीलाई प्रदान गरिने भएको छ । उपन्यासकार मालिका केशरीको उपन्यास दुङाल तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास हो । यही उपन्यासको लागि आभाष साहित्य कोषले दुई लाख राशीसहित प्रमाणपत्र सहित प्रदान गरिने कोषका संयोजक उत्तम बस्नेतद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको […]

डब्बु क्षत्रीको नयाँ गीत ‘दुर सागर’

काठमाडौं । गायक तथा संगीतकार राज सागरसँग गीतकार डब्बु क्षत्रीले यो नयाँ गीत दुर सागर…को भिडियो दर्शकमाझ ल्याएका छन् । क्षत्रीले यो आफ्नो गीतलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरेका छन् । झरी सृँखलाको यो अर्को नयाँ गीत भएको गीतकार क्षत्रीले बताएका छन् । डब्बुको यस अघि झरी शृङ्खला अन्तर्गत गजल सँग्रह झरी नै आएको छ । […]

दावा ग्याल्मो देवानको श्रव्यदृश्य एल्बम ‘तिमीसित हिँड़े’

दार्जिलिङ । प्रसिद्ध गायिका दावा ग्याल्मो देवानको नयाँ श्रव्य दृश्य एल्बम ‘तिमीसित हिंडे’ सार्वजनिक भएको छ । गत शनिबार दार्जिलिङको हिमालयन कलामन्दिरको सभागृहमा आयोजित कार्यक्रमका बीच उक्त एल्बम सार्वजनिक गरिएको थियो । दार्जीलिङका ख्यातिप्राप्त कलाकार, साहित्यकार मनप्रसाद सुब्बा, लोकप्रिय गीतकार पुरण गिरी, वरिष्ठ गायक लाक्पा शेर्पा, संगीतकार वसन्त क्षेत्री, गीतकार, साहित्यकार एवं निर्देशक प्रकाश सायमी […]

शारदा रसाइलीको ‘चलाउँछु भुइचालो’

काठमाडौं । लोकप्रिय गायिका शारदा रसाइलीले ‘चलाउँछु भुइचालो’ बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । स्थायी घर लमजुङ्ग र हाल काठमाण्डौमा रहेर आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेकी रसाइलीले केहि समय अगाडी मात्र खर्ककी चेली भाग १ आउ नाचौं बोलको गीतलाई सार्बजनिक गरेकी थिइन् । नारायण दंगालको संगीत संयोजन रहेको उनको भर्खरै सार्बजनिक भएको गीतमा सन्तोष बि.सी, […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]