" /> Entertainment – Page 49 – News of Global
आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ ९स्कुल अफ फेसन०ले ‘फेसन डिजाइनिङ अवार्ड’ जितेको छ । शुक्रबार आयोजित ‘फेसन फेयर अवार्ड–२०२०’मा आईआईएफटीले अवार्ड जितेको हो । आईआईएफटीले ‘ बेस्ट फेसन डिजाइनिङ अवार्ड’ अवार्ड पाएपछि कलेजकी कार्यकारी निर्देशक विपना थापाले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘फेसन डिजाइनिङ अवार्ड पाउँदा खुसी लागेको छ । यसको […]

अन्जु पन्तलाई कसले दियो ‘जाले रुमाल’

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त यतिबेला विवाह बन्धनमा बाँधिएकी छन् । यही अवसरमा उनलाई जाले रुमाल मिलेको छ । यो जाले रुमाल भने गायक कमल खनालले दिएका हुन् । गायक कमल खनालले आफ्नो शब्द र संगीत सिर्जनामा यो जाले रुपमा गायिका अन्जु पन्तलाई दिएका हुन् । गायक कमल खनाल र गायिका अन्जु पन्तको स्वरमा […]

पलविरुद्ध प्रहरीमा कुटपिट र दुव्र्यवहार सम्बन्धी उजुरी

विराटनगर । नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको सुटिङका […]

‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार एग्रिमेन्ट भएको जानकारी गराए । यस अगााडि फिल्मका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत छानिएका थिए । फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त […]

गायिका अन्जु पन्त र थिर कोइराला विवाह बन्धनमा बाँधिए

काठमाडौं । सदाबहार गायिका अन्जु पन्त र संचारकर्मी थीर कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा केही समयअघि मात्र सार्वजनिक भएको थियो । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । तर आज सुटुक्क उनीहरु दुई विवाह बन्धनमा बाँधिएका हुन् । पछिल्लो समय […]

उमेश रेग्मीको शब्द सिर्जनामा रामकृष्ण ढकालको “सानु मेरो याद आयो भने”

धरान । हाल अमेरिकामा बसेर नेपाली गीत – संगीतमा निरन्तर उत्कृस्ट गीत– संगीतहरु दिईरहेका गीतकार ÷संगीतकार उमेश रेग्मीले आफ्नो अर्को सौगात गायक रामकृष्ण ढकालको स्वरमा म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। आफ्नै गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको “सानु मेरो याद आयो भने “ बोलको गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् भने युबराज […]

हलिउडमा अन्जली लामाको दमदार अभिनय

काठमाडौं । हलिउडमा निर्माण हुने एक महिला प्रधान फिल्म ‘सेयरिङ ए राइड’मा नेपालकी ट्रान्सजेण्डर मोडल अञ्जली लामाले अभिनय गर्ने भएकी छन् । हलिउडका ६ महिला निर्देशकले निर्देशन गर्ने ६ कथाको फिल्ममध्ये एक फिल्ममा अञ्जलीको अभिनय रहनेछ । समाचारअनुसार अञ्जलीले लीना यादवको सर्ट फिल्म ‘सेयरिङ ए राइड’मा अभिनय गर्नेछिन् । यो फिल्ममा बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिजको […]

पुष्पराज पुरुष यसरी भए योगी अवतारमा

काठमाडौँ । कलाकार पुष्पराज पुरुष लामो समयपछि अभिनयमा फर्किएका छन् । पछिल्लो समय अध्यात्ममा हराएका उनी करिव दशकपछि गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उही छ’ मार्फत अभिनयमा फर्किएका हुन् । उनलाई अभिनयमा फर्काउने काम निर्देशक देबेन्द्र पाण्डेले गरेका छन् । पुष्पराजले करिब दशक अगाडि फिल्म श्रीमान् अभिनय गरेका थिए । गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’को […]

प्रसाद–२ मा निश्चलको इन्ट्री

काठमाडौं । चलचित्र ‘लभ डायरीज’ का निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले इन्ट्री गरेका छन् । चलचित्रको स्क्रिप्टमा लामो छलफलपछि सोमबा् उनले चलचित्रका लागि साइन गरेका हुन् । सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । फिल्ममा यसअघि नै अभिनेता विपिन कार्की र […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]