" /> राजनीतिक दलका समानुपातिकतर्फ वरिष्ठ नेताहरु नै छनौट – News of Global

News of Global आइतबार, मंसिर २५, २०७९

काठमाडौं । समानुपातिक निर्वाचन पद्धतितर्फबाट पनि पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेताहरु नै प्रतिनिधिसभामा प्रवेश गर्ने भएका छन् ।

४ मंसिरको चुनावमा समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सांसद संख्या किटान गरी दलहरुसँग नामावली माग गरेको थियो । आयोगले मागेअनुसार शनिबार अपरान्ह नामावली बुझाएका दलहरुले यसअघि संसदमा पटक पटक अवसर पाएका, मन्त्री भइसकेका र पार्टीमा पदाधिकारी भइसकेकाहरु नै चयन भएका हुन् ।
पहिलो पटक प्रतिनिधिसभामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य पार्टीबाट सांसद चयन हुने धेरैजसो नेताहरु यसअघि अवसर पाएकाहरु नै छन् । यद्यपि क्लस्टर अनुसार प्रतिनिधित्व गराउनुपर्ने र संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक बाध्यताका कारण महिला, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, थारु, पिछडिएको क्षेत्रको प्रतिनिधित्व भने गराउनैपर्ने संवैधानिक बाध्यता दलहरुले पालना भने गरेका छन् ।

प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनता समाजवादी पार्टी र जनमत पार्टीले ५–५ सिट संख्या पाएको थियो ।
जसमा एमालेबाट खस आर्य पुरुषमा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्त, नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री एकनाथ ढकाल चयन भएका छन् । त्यस्तै व्यवसायी देवीबहादुर भट्टचन, उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापा, अघिल्लो प्रतिनिधसभामा जसपाबाट सांसद रहेकी अमृता अग्रहरिले पनि यसपटक एमालेबाट समानुपातिक पद्धतिमा अवसर पाएका छन् ।

कांग्रेसबाट समानुपातिक पद्धतिमा झन् धेरै ठूला नेता छन् । पार्टी उपसभापति र उपप्रधानमन्त्री भइसकेका, पटक पटक चुनाव जितेका विमलेन्द्र निधि, पार्टी प्रवक्ता, पूर्वमन्त्री डा. प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार, सभापति देउवाकी पत्नी आरजु देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण सांसद सूचीमा राखेको छ ।

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष चुनाव जितिसकेका र मन्त्री पनि भइसकेका पार्टी सचिव हितराज पाण्डेलाई समानुपातिक सूचीमा राखेको छ, रातो पासपोर्ट दुरुपयोगको मुद्दामा दोषी ठहर भएका नेता शिवपूजन रायकी पत्नी मीना यादवलाई पनि उसले सांसद बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गत भदौमा मात्र दर्ता भएको र पहिलो पटक चुनावमा सहभागी भएका कारण उसले चयन गरेका सबै नयाँ हुन् । तर समानुपातिक पद्धतिबाट कसलाई पठाउने भन्नेमा उसको निर्णय पनि विवादरहित हुन सकेन । यसअघि उम्मेदवार चयनको सूची तयार गरिसकेको उसले विवाद भएपछि अन्तिममा प्राइमरीमा धेरै मत पाएकाहरुलाई प्राथमिकता दिएर सूची तयार गरेको बताएको छ ।

राप्रपाबाट प्रतिनिधिसभामा पूर्वअध्यक्ष, पटक पटक मन्त्री र सांसद भइसकेका पशुपतिशमशेर जबरा, पूर्वमन्त्री बुद्धिमान तामाङ, नेता रोशन कार्कीलाई चयन गरेको छ ।

जसपाबाट नेता अशोक राईकी पत्नी सुशीला श्रेष्ठ, कार्यालय सचिव प्रकाश अधिकारी सांसद चयन भएका छन् ।
२०६४ सालदेखि मिश्रित निर्वाचन पद्धति अपनाइएको नेपालमा २०६४ र २०७० को निर्वाचनमा दलहरुले समानुपातिक सूचीमा रहेका जोसुकैलाई सांसद चयन गर्न पाउने व्यवस्था थियो ।

यसरी दलहरुलाई खुला छाड्दा आर्थिक चलखेलका आधारमा सांसद चयन भएको भन्दै आलोचना भएपछि २०७४ सालदेखि भने केही सुधार गरिएको थियो ।

दलहरुले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगता भएका आदि क्लस्टरमा पहिले नै प्राथमिकता सूची तयार गर्नुपर्ने र सूचीको अगाडि रहेकाहरुलाई नै चयन गर्नुूपर्ने व्यवस्था गरिएको थियो ।

आयोगले २६ गते घोषणा गर्ने

राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने पनि बताएको छ ।

हेर्नुहोस् कुन पार्टीबाट को को भए चयन भए ः

नेकपा एमालेले चयन गरेका सांसद

देवीप्रसाद भट्टचन (आदिवासी जनजाति)
हेमराज राई (आदिवासी जनजाति)
कालुराम राई (आदिवासी जनजाति)
नैनकला थापा (आदिवासी जनजाति)
सूर्यकुमारी श्रेष्ठ (आदिवासी जनजाति)
उर्मिला थेवे (आदिवासी जनजाति)
ईश्वरी घर्ती (आदिवासी जनजाति)
रणकुमारी बलाम्पाकी (आदिवासी जनजाति)
शान्ति श्रेष्ठ (आदिवासी जनजाति)
सरस्वती सुब्बा (आदिवासी जनजाति)
रघुजी पन्त (खस आर्य)
एकनाथ ढकाल (खस आर्य)
दयालबहादुर शाही (खस आर्य)
मेनका पोखरेल (खस आर्य)
सरिता भुसाल (खस आर्य)
शोभा ज्ञवाली (खस आर्य)
विजुला रायमाझी (खस आर्य)
निर्मला कोइराला (खस आर्य)
सम्झना थपलिया (खस आर्य)
दीपा शर्मा (खस आर्य)
सुनीता बराल (खस आर्य)
आश्माकुमारी चौधरी (थारु)
शान्ति चौधरी (थारु)
ईश्वरबहादुर रिजाल (दलित)
प्रभु हजारा पासवान (दलित)
चन्द्रबहादुर विश्वकर्मा (दलित)
रुक्मणी राना बराइली (दलित)
हर्कमाया विश्वकर्मा (दलित)
गंगाप्रसाद यादव (मधेशी)
अमृतलाल राजवंशी (मधेशी)
विना देवी (मधेशी)
अमृता अग्रहरि (मधेशी)
प्रतीक्षा तिवारी मुखिया (मधेशी)
सराज अहमद खान (मुस्लिम)

नेपाली कांग्रेसको सूची हेर्नुहोस्

डा. प्रकाशशरण महत (खस आर्य)
अम्बिका बस्नेत (खस आर्य)
सरिता प्रसाईं (खस आर्य)
आरजु राणा देउवा (खस आर्य)
ईश्वरी न्यौपाने (खस आर्य)
प्रतिमा गौतम (खस आर्य)
मञ्जु खाँण (खस आर्य)
रमा कोइराला पौड्याल (खस आर्य)
कान्तिका सेजुवाल (खस आर्य)
मैना रावल (खस आर्य)
सरस्वती बजिमय (आदिवासी जनजाति)
लिलादेवी वोखिम (लिम्बू) (आदिवासी जनजाति)
सीताकुमारी राना (आदिवासी जनजाति)
सुशीला थिङ (आदिवासी जनजाति)
सपना राजभण्डारी (आदिवासी जनजाति)
माया राई (आदिवासी जनजाति)
कुसुम थापामगर (आदिवासी जनजाति)
मनोरमा शेरचन (आदिवासी जनजाति)
अञ्जनी श्रेष्ठ (आदिवासी जनजाति)
जीवन परियार (दलित)
शान्ति विक (दलित)
रुपा विक (दलित)
सीता मिजार (दलित)
आशा विक (दलित)
विमलेन्द्र निधि (मधेशी)
नगिना यादव (मधेशी)
मुक्ताकुमारी यादव (मधेशी)
चन्दा चौधरी (मधेशी)
संगीता मण्डल (मधेशी)
जावेदा खातुन जागा (मुस्लिम)
कल्पना चौधरी (थारु)
बिनाकुमारी थनेत (थारु)

नेकपा माओवादी केन्द्रको सूची हेर्नुहोस्

दुर्गा राई (आदिवासी जनजाति)
मिना तामाङ (आदिवासी जनजाति)
उर्मिला माझी पौडेल (आदिवासी जनजाति)
छिरिङ ल्यामु लामा तामाङ (आदिवासी जनजाति)
हितराज पाण्डे (खस आर्य)
ज्ञानु बस्नेत सुवेदी (खस आर्य)
विमला सुवेदी (खस आर्य)
नारायणी शर्मा (खस आर्य)
रुपासोसी चौधरी (थारु)
रणेन्द्र बराली (दलित)
सुशीला श्रीपाली ठकुरी (दलित)
मीना यादव (मधेशी)
अमरावती देवी यादव (मधेशी)
कल्पना मिया (पिछडिएको क्षेत्र)

राष्ट्रिय स्वतन्त्र पार्टीको सूची हेर्नुहोस्

सन्तोष परियार (दलित)
शिव नेपाली (दलित)
डा. ढाकाकुमार श्रेष्ठ (आदिवासी जनजाति)
इन्दिरा राना मगर (आदिवासी जनजाति)
सुमना श्रेष्ठ (आदिवासी जनजाति)
डा. चन्दा कार्की (खस आर्य)
डोलप्रसाद अर्याल (खस आर्य)
निशा डाँगी (खस आर्य)
विनिता कठायत (पिछडिएको क्षेत्र)
लक्ष्मी तिवारी (मधेशी)
मनिष झा (मधेशी)
अशोक चौधरी (थारु)
असिम साह (मुस्लिम)

राप्रपाको सूची हेर्नुहोस्

पशुपतिशमशेर जबरा (खसआर्य)
रोशन कार्की (खसआर्य)
गीता बस्नेत (खसआर्य)
बुद्धिमान तामाङ (आदिवासी जनजाति)
बिना लामा (आदिवासी जनजाति)
बिना जयसवाल (मधेशी)
अनिता नेपाली (दलित)

जनता समाजवादी पार्टीको सूची हेर्नुहोस्

प्रकाश अधिकारी (खस आर्य)
रेखा यादव थापा (खस आर्य)
सुशीला श्रेष्ठ (आदिवासी जनजाति)
रञ्जुकुमारी झा ठाकुर (मधेशी)
सहनाज रहमान (मुस्लिम)

अनिता साह (मधेशी)
बिनिताकुमारी सिंह (मधेशी)
गोमा सापकोटा (खस आर्य)
अब्दुल खान (मुस्लिम)
सोनु मुर्मुर

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]