बाजुरा । चैत १९ गतेदेखि देशभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को लागि बाजुरा जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराले परीक्षाको लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।
यस वर्ष जिल्लाभरबाट नियमित तर्फका २ हजार १ सय २६ र ग्रेडवृद्वी तर्फका ३ सय गरेर कुल २ हजार ४२६ विद्यार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख टिकाराम जोशीले बताए ।
उनका अनुसार एसइई परीक्षाका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र तोकिएका जानकारी दिए । विगत बर्ष झैं यस वर्ष पनि परीक्षालाई स्वच्छ, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पुर्ण तयारीमा पूरा भएको बताएका छन् ।
परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्षका लागी अभिमुखिकरण तालिम समेत प्रदान गरिएको छ । साथै परीक्षालाई भरपर्दाे र पारदर्शी बनाउन सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीहरूको समेत व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।
सरकारले नै कडा नियम लागू गरेसंगै परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर परीक्षा केन्द्रमा कडा सुरक्षाको व्यवस्था गरिने भएको हे । कार्यालयका सूचना अधिकारी लालबहादुर विष्टले परीक्षाको केन्द्रमा कसैले पनि मर्यादा विपरीत कार्य गरेमा कारपाहस् गरिने समेत बताए छन्।
जिल्लामा उत्तरपुस्तिका, प्रश्नपत्रलगायत परीक्षाका सामग्री जिल्लामा पुगिसकेको कार्यालयले जनाएको छ । बाजुरामा २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए ।
त्यस्तै २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए ।

