काठमाडौं । काठमाडौंको तीनकुनेस्थित वागमती पुल क्षेत्रमा निर्माणाधीन सहायक पुलको वाल पुनःनिर्माण कार्य जारी रहँदा पैदलयात्रीले सास्ती भोग्नुपरेको छ।
निर्माणका कारण फुटपाथ अवरुद्ध भएपछि सर्वसाधारण जोखिम मोलेर सडक हुँदै आवतजावत गर्न बाध्य भएका छन्। स्थानीयले निर्माण कार्य छिटो सम्पन्न गरी सुरक्षित आवतजावतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।



