काठमाडौं । एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपाल प्रा.लिबीच सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा के.फ.सी. पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लिबिच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डको ‘कर्पोरेट पेरोल एसआईपी’ अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको छ ।

Nepal Telecome

उक्त सम्झौतामा देवयनी इन्टरनेसनल नेपाल प्रा.लि.का तर्फबाट कम्पनिका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७८ असार १५ गते मंगलबारका दिन हस्ताक्षर गरेका हुन् । यस योजना अन्तर्गत देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको (SIP) अनर्तगत लगानी गर्ने छन् ।