काठमाडौं । सांगीतिक क्षेत्रमा पृथक पहिचान बनाएका विपिन आचार्यकोे शब्द, संगीत एरेन्ज र निर्देशनमा तयार भएको नयाँ गीत ‘यो केटी साह्रै राम्री’ को भिडियो सार्वजनिक भएको छ । गीतमा होमन रेग्मी र माण्डवी त्रीपाठीको स्वर छ भने गीतको म्युजिक भिडियोमा रवि कार्की र आस्विनी शाहीको अभिनय देख्न पाइन्छ । भिडियोमा रवि कार्कीको कोरियोग्राफी रहेको छ भने दिपेन बस्नेतको छायांकन र सम्पादनमा तयार भएको यस म्युजिक भिडियोको सहयोगी छायांकार कुशल कार्की हुन । भिडियोको प्रस्तुतकर्ता नितु रेग्मी रहेकी छन् ।
