काठमाडौं । कर्मचारी सञ्चयकोषबाट लिइएको ऋणको सावाँ तथा ब्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ।

Nepal Telecome

कर्मचारी सञ्चयकोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई सावाँ र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ। यस व्यवस्थाले कर्मचारी सञ्चयकोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चयकोष धाउन नपर्ने भएको छ।

यसअघि माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चयकोषका ऋणीहरुले लिएको ऋणको सावाँ तथा ब्याज कनेक्ट आईपीएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको थियो र सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिन्छ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि। पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ।