रामेछाप । रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन प्रभावित भएको हो।

Nepal Telecome

राजमार्गको कति स्थानमा पहिरो तथा लेदोले अवरोध पु¥याएको छ भन्ने यकिन भइसकेको छैन। पहिरो खसेका स्थानमा सडक खुलाउन पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, बीपी राजमार्गअन्तर्गत नार्के क्षेत्रमा माथिबाट लेदो र पहिरो आएर सडक ठूलो मात्रामा पुरिएको छ। वर्षा जारी रहेकाले थप पहिरोको जोखिमसमेत रहेको जनाइएको छ।

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न काभ्रे र सिन्धुली प्रहरीले यात्रुलाई आग्रह गरेका छन्।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने तथा पूर्वबाट काठमाडौं आउँदै गरेका यातायातका साधन बाटोमै रोकिएका छन्। काठमाडौंबाट पूर्वतर्फ गएका सवारीसाधन भकुण्डेमा र पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीसाधन खुर्कोटमा रोकिएका छन्।

सडक खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण पहिरो झर्ने क्रम जारी रहेकाले यात्रामा थप समस्या हुन सक्ने प्रहरीले जनाएको छ।अ