" /> सर्वाधिक कित्ता सेयर सूचिकृत निफ्राको ५९ करोड नाफा – News of Global

News of Global बिहिबार, बैशाख १६, २०७८

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५८ करोड ९२ लाख ८९ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ५८ करोड २० लाख ७० हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा १ दशमलव २४ प्रतिशत बढेको हो ।

बिहीवार सार्वजनिक बैंकको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा भने रू. ४६ करोड ३२ लाख ५६ हजार रहेको छ । गत वर्षभन्दा शून्य दशमलव ६१ प्रतिशत बढी रू. ८३ करोड ५५ लाख ३९ हजार सञ्चालन नाफा गरेको बैंकको कुल सञ्चालन आम्दानी १ दशमलव शून्य ३ प्रतिशत बढी रू. ९३ करोड ७२ लाख १ हजार भएको छ ।

यस बैंकले सर्वसाधारणमा गत माघ २ देखि ६ गतेसम्म आईपीओ विक्री गरी माघ १६ गते बाँडफाँट गरेको थियो । माघ २९ गते बिहीवार धितोपत्र दोस्रो बजारमा २० करोड कित्ता शेयर सूचीकृत गराएको बैंकको फागुन २ गतेदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको हो । संस्थापक तर्फ १२ करोड कित्ता र सर्वसाधारण तर्फ ८ करोड कित्ता गरी बैंकको २० करोड कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको हो ।

तेस्रो त्रैमाससम्म बैंकको अन्य विभिन्न कोष सहित जगेडा कोष रकम गत वर्षभन्दा ४५ दशमलव ९२ प्रतिशत बढी रू. २ अर्ब १५ करोड ३६ लाख ३७ हजार रहेको छ । यस अवधिसम्म बैंकले गत वर्षभन्दा २३ दशमलव ७९ प्रतिशत बढी रू. ३० करोड ९४ लाख ६५ हजार निक्षेप संकलन गरेको छ ।

२७६ दशमलव ६३ प्रतिशत बढी रू. २ अर्ब १९ करोड ५६ लाख ३८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष यो अवधिसम्म बैंकले रू. २५ करोड निक्षेप संकलन गरेको थियो भने रू. ५८ करोड २९ लाख ६२ हजार कर्जा प्रवाह गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ७७ रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]