काठमाडौँ । काठमाडौँको चन्द्रागिरि हिल्समाअवस्थितचन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदानगरिएको छ ।

Nepal Telecome

भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री माननीय श्री प्रेम बहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा लक्जरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।