काठमाडौं । नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ । नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यहरूबिच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनुका साथै नियामक निकायप्रतिको उत्तरदायित्वलाई थप सरल बनाउने छ ।
नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मनोज तिवारीका अनुसार, यो नयाँ मोड्युलले सहकारीको आन्तरिक कार्यसम्पादनमा निकै सहजता ल्याउनेछ ।
मिरा ईआरपीको सिंगल लगिन सिस्टमबाटै कर्जाको सम्पूर्ण प्रोसेसिङ हुने भएपछि सहकारीहरूमा विद्यमान सदस्य पहिचान (Know Your Member – KYM) सम्बन्धी समस्यालाई यसले प्रभावकारी रूपमा समाधान गर्नेछ ।
फाइभ सी एनालाइसिस एवं सदस्यको कर्जा योग्यता जाँच, धितो मूल्याङ्कन र पुराना कारोबारको इतिहास प्रणालीले नै विश्लेषण गरिदिने हुँदा जोखिम न्यूनीकरण हुनुका साथै सदस्यसँगको वित्तीय सम्बन्ध थप पारदर्शी र मजबुत हुने अपेक्षा गरिएको छ ।
विशेष गरी नियामक निकायका मापदण्डहरू पूरा गर्न मिरा ईआरपी अहिलेको समयमा झन् शक्तिशाली बनेको छ । सहकारी विभागको कोपोमिस (COPOMIS) मा पठाउनुपर्ने विवरणहरू हुन् वा सम्पत्ति शुद्धीकरण (AMLCFT) सम्बन्धी टीटीआर (TTR) रिपोर्ट, मिरा ईआरपीले ती सबैलाई तोकिएको एक्सेल (Excel, XML ) फम्र्याटमा सजिलै उपलब्ध गराउँछ। यसका साथै स्थानीय निकाय, सहकारीका संघ, महासंघ, सहकारी नियमन प्राधिकरण (NCRA) दर्ता र रिपोर्टिङका लागि आवश्यक तथ्याङ्कहरू पनि सफ्टवेयरबाटै प्राप्त गर्न सकिन्छ ।
हाल बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि कर्जा सूचना केन्द्रमा अनिवार्य रिपोर्टिङ गर्नुपर्ने व्यवस्था रहेको छ ।
मिरा सफ्टवेयर प्रयोग गर्ने सहकारीहरूले सो रिपोर्टिङ पनि सिधै सफ्टवेयरमार्फत गर्न सकिने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
सुरक्षाका दृष्टिकोणले आईएसओ २७००१:२०२२ प्रमाणित यस सफ्टवेयरले कर्जा र धितोका संवेदनशील विवरणहरूलाई डिजिटल डकुमेन्ट भल्टु मार्फत सुरक्षित राख्दछ ।
हालसम्म ७०० भन्दा बढी सहकारी संस्थाहरू आबद्ध भइसकेको मिरा ईआरपीले बचत तथा ऋण व्यवस्थापन, सदस्य र शेयर व्यवस्थापन, पूर्ण लेखा प्रणाली, मोबाइल बैंकिङ, र एसएमएस अलर्ट जस्ता सुविधा प्रदान गर्दै आएको छ । एमआर कलेक्टर एप, मौज्दात व्यवस्थापन, र अनलाइन बिल भुक्तानी जस्ता आधुनिक मोड्युलले सहकारीलाई पूर्ण रूपमा पेपरलेस र प्रविधिमैत्री बनाएका छन् ।
उच्च स्केलेबल सास क्लाउड प्रविधिमा आधारित भएकाले यो सफ्टवेयर प्रयोग गर्न सहकारीले कुनै अतिरिक्त भौतिक पूर्वाधार वा सर्भरको, फायरवाल आवश्यकता पर्दैन र यसले नेपालका सहकारीलाई आधुनिक बैंकिङ एवं डिजिटल वालेट सरहको सुविधा प्रदान गर्न सक्षम बनाएको छ ।