खेमराज सापकोटा, नेपाल न्यूज बैंक

हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल तनहुँको देवघाट धाममा दिनहुँ भक्तालुहरुको भीड लाग्ने गर्छ । कालीगण्डकी र त्रिशूली नदीको मिलनस्थलमा पर्ने यो धामलाई आदिप्रयागका रूपमा समेत चिनिन्छ । यहाँ स्नान, ध्यान तथा धार्मिक अनुष्ठान गर्नाले पुण्य प्राप्त हुने मान्यता रहिआएको छ ।