काठमाडौं । कालिमाटीस्थित केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले परीक्षण गरेका काउली, काँक्रो, बोडी, ब्रोकाउली, आलु र प्याजसहित १० वटा तरकारीका नमुना उपभोगयोग्य पाइएको छ।
प्रयोगशालाले २०८३ असोज ४ गते गरेको विषादी अवशेष परीक्षणमा विभिन्न तरकारीका १० नमुना परीक्षण गरेको थियो। परीक्षण गरिएका सबै नमुना उपभोगयोग्य श्रेणीमा परेको प्रयोगशालाको विवरणमा उल्लेख छ।
विषादी अवशेषको मात्राका आधारमा तरकारीलाई उपभोगयोग्य, केही दिन क्वारेन्टिनमा राख्नुपर्ने र विसर्जन गर्नुपर्ने गरी वर्गीकरण गरिन्छ।
परीक्षण गरिएका सबै नमुना उपभोगयोग्य पाइएकाले तत्काल क्वारेन्टिनमा राख्नुपर्ने वा विसर्जन गर्नुपर्ने अवस्था नदेखिएको प्रयोगशालाले जनाएको छ।



