काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान २८औँ दिनमा पनि निरन्तर जारी रहेको छ।

तुप्चे र देवीघाटका ८० परिवारलाई राहत

Nepal Telecome

बाढी प्रभावित नुवाकोटको तुप्चे र देवीघाटका ८० परिवारलाई खाद्यान्न, ग्यास सिलिन्डर, भाँडाकुँडा तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिएको छ। एनसीसी फिलिपिन्स र स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्सको सहयोगमा स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा प्रभावित परिवारको आवश्यकताअनुसार राहत सामग्री उपलब्ध गराइएको हो।

राहतअन्तर्गत ग्यास सिलिन्डर, प्रेसर कुकर, चुल्हो, पाइप, रेगुलेटर, क्लीप, कराई, थाल, डाडु, पन्यू, गिलास, कचौरा, चम्चा, जग र बाल्टिनलगायतका घरायसी तथा भान्साका सामग्री वितरण गरिएको छ।

सामग्री वितरण कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष बुद्धिसागर सुवेदी, उपाध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोजक मनोज श्रेष्ठ, एनसीसी नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष शशी पौडेल, मध्यपूर्वका पूर्वउपसंयोजक धर्मराज गिरी र एनसीसी फिलिपिन्सका कोषाध्यक्ष प्रेम लामालगायत सहभागी थिए।

आफन्त गुमाएका २२ परिवारलाई पनि राहत

भोटेकोशी बाढीमा आफन्त गुमाई काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरेका तथा हाल कोठा भाडामा लिएर बसिरहेका २२ प्रभावित परिवारलाई पनि राहत सामग्री वितरण गरिएको छ।

एनआरएनए सचिवालयबाट उत्तरगया तथा विदुर क्षेत्रका प्रभावित परिवारलाई ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका सामग्री उपलब्ध गराइएको हो। बाढीमा घर तथा आफन्त गुमाएका उनीहरू काठमाडौं, नुवाकोटलगायतका स्थानमा कोठा वा घर भाडामा लिएर नयाँ बसोबासको तयारीमा रहेका छन्।

८ करोड ७७ लाख प्रतिबद्धता, ६ करोड १ लाख संकलन

भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धताअनुसार सहयोग रकम प्राप्त हुने क्रम जारी छ। ‘भोटेकोशी–रसुवा बाढी २०२६’ को वित्तीय प्रतिवेदनअनुसार अभियानका लागि कुल ८ करोड ७७ लाख २१ हजार ९०६ रुपैयाँ ६६ पैसा सहयोगको प्रतिबद्धता प्राप्त भएको छ।

त्यसमध्ये हालसम्म ६ करोड १ लाख ८ हजार २०० रुपैयाँ संकलन भइसकेको एनआरएनएले जनाएको छ।

क्र.सं. एनसीसी संस्था प्राप्त रकम (रुपैयाँ)
१ युके (पहिलो चरणमा) ५३,४३,२४४।२५
२ अष्ट्रेलिया (पहिलो चरणमा) ३१,०१,५८१।७६
३ बहराइन २५,७९,३२८.००
४ न्युजिल्यान्ड २१,५२,८९९.७३
५ स्विडेन १८,३१,५३५.००
६ नर्वे १७,८९,८४२.९६
७ हङकङ १७,५२,२३२.५०
८ ओमान १३,१५,०००.००
९ फिलिपिन्स १२ ००,०००.००
१० दक्षिण कोरिया ११,१०,८१२.००
११ स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्स १०,५५,१९३.६०
१२ लग्जम्बर्ग १०,४६,५४८.८६
१३ साउदी अरेबिया १०,००,०००.।००
१४ टर्की ७,५०,३३७.००
१५ म्यानमार ६,०१,०००.००
१६ युएई ९पहिलो चरणमा० ६,५८,६६३.००
१७ इजरायल ५,०४,३८५.००
१८ आयरल्याण्ड (पहिलो चरणमा) ५,००,०००.००
१९ थाईल्याण्ड (पहिलो चरणमा) ५,००,०००.००