" /> सिभिल बैङ्कको १०औं वार्षिक साधारण सभा सम्पन्न – News of Global

News of Global आइतबार, फाल्गुण ०९, २०७७

काठमाडौं । सिभिल बैङ्क लिमिटेडले १०औं वार्षिक साधारण सभाले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैङ्कको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १ सय ७३ रुपैयाँ ९१ पैसा बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४ सय ८२ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले आ.व. २०७७÷०७८ को लेखापरिक्षण गर्नको लागि ‘एन.बी.एस.एम.एन्ड एसोसियट्स’ लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैङ्क र अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने÷हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बैङ्कको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

सिभिल बैङ्कले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालार्इ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैङ्कले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]