" /> Nepali News – Page 6 – News of Global
चीनको टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ

बेइजिङ, कार्तिक ११ (रासस-एएफपी) – संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको “चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन” भएको प्रतिक्रिया दिएको छ। बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी दिएको छ। वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग “गम्भीर प्रतिनिधित्व” गरेको र […]

बेलायतद्वारा फ्रान्सलाई माछाविवाद ‘अन्त्य गर्न’ आग्रह

लन्डन, ११ कात्तिक (रासस÷एएफपी) ः पेरिसले गम्भीर प्रतिशोधको धम्की दिएपछि बेलायत सरकारले बिहीबार फ्रान्सलाई ब्रेक्जिटपछिको माछा मार्ने अधिकारमाथिको झन्झटिलो प्रक्रियालाई कम गर्न आग्रह गरेको छ । बेलायतका वातावरण मन्त्री जर्ज इसटिसले संसदलाई आफूले यूरोपेली सरकारका आयुक्त भर्जिनिजुस सिन्केभिसियससँग यस सम्बन्धमा छलफल गरेको बताउँदै भन्नुभयो, “हामी शान्त रहनु आवश्यक छ र यसलाई हटाउनु महत्वपूर्ण छ ।” […]

एनआरएन फाउण्डेशनको विधिवत रुपमा दर्ता

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा गत २०७८ आश्विन ४ मा दर्ता गरेको छ । यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको (Professional Limited Liability), गैर नाफामूलक (Non-Profit Making), गैर-राजनीतिक […]

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो

सोल ।दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ । यहाँ गत सोमबारदेखि कोरियन दसैँ (छुसक) को तीनदिने बिदा थियो । यो बेला मानिसको अत्यधिक […]

कुश्माकी एक महिलाको कुवेतमा मृत्यु

पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उहाँको मृत्युको कारण खुलेको छैन । नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले […]

काबुल विमानस्थल अहिले पनि अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

काबुल । काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश […]

अफगानिस्तानबाट हालसम्म ६५४ नेपालीको उद्धार

काठमाडौँ । अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ […]

तालिवानको कब्जामा अफगानीस्तान, राष्ट्रपति असरफ घानीले देश छाडे

एजेन्सी । अफगानिस्तानको एकपछि अर्को सहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । यससँगै राष्ट्रपति असर्फ घानीले देश छाडेका छन् । तालिबानसामु काबुल तीन महिना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश गरेका छन् […]

जापानको टोकियो र ओकिनावासहित ६ क्षेत्रमा संकटकाल घोषणा

ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् । टोकियोबाट नजिकै रहेको क्षेत्रमा सङ्कटकाल लगाइएको हो । […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]